back

आज १०८औँ बिपी जन्मजयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मानाईँदै

आज भदौ २४ गते अर्थात बिपी जन्मजयन्ती । नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती नेपाली काँग्रसले आज देशभर
विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ।

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका थिए । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भयो ।

क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।


कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...