सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता

वि.सं.२०७८ भदौ २४ बिहीवार

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेट घाट भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टी महाधिवेशन तयारीलगायत विषयमा कुराकानी भएको छ ।
कांग्रेसले भदौ १८ मा छ हजार सात सय ४३ वडामा अधिवेशन गर्ने भने पनि जम्मा ५६ जिल्लामा मात्रै अधिवेशन भएका छन् भने २१ जिल्लाभित्रका वडाहरूमा अधिवेशन बाँकी नै छ।
सभापति देउवाकै गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यतासम्बन्धी विवाद छ । बागी उम्मेदवारले पनि क्रियाशील सदस्यता पाउनु पर्ने आवाज उठेका छन्।
तलबाट पठाइएका नाम काटेर केन्द्रबाट थप गरिएकोमा डडेल्धुरा कांग्रेसले विरोध गरेको छ। भदौ २५ मा अधिवेशन गर्ने भने पनि दुई पक्षबीच विवाद समाधान हुन सकेको छैन।
प्रकाशित समय : ०४:५४ बजे