पुरानो बानेश्वरमा शंकास्पद बस्तु भेटियो

वि.सं.२०७८ भदौ २४ बिहीवार

काठमाडौंको पुरानो बानेश्वरनजिकै शंकास्पद बस्तु भेटिएको छ । पुरानो बानेश्वरबाट मैतीदेवी आउने बाटोमा रहेको मातृका आई सेन्टर रहेको भवनको शौचालयमा शंकास्पद बस्तु भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जनाएका छन् ।
अहिले उक्त क्षेत्रमा प्रहरी परिचालन भएको र सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको पनि उनले बताए ।
बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।
प्रकाशित समय : ०६:१३ बजे