प्रचण्ड, नेपाल र यादवबीच भेट: ‘एमसीसीबारे छलफल हुने’

वि.सं.२०७८ भदौ २४ बिहीवार

सत्तारुढ तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी० संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउन कांग्रेसबाहेका सत्तारुढ तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।
नेकपा ९माओवादी केन्द्र० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवबीच एमसीसी, मन्त्रिमण्डल विस्तारमा भइरहेको ढिलाइका बारेमा छलफल भएको हो।
ललितपुरको हात्तिवनस्थित यादवको निवासमा बिहीबार बिहानैदेखि तीन शीर्ष नेताबीच छलफल भइरहेको सुरक्षा स्रोतले बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सत्तारुढ दल र सत्ताबाहिर रहेका दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन । एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष सुमारले शीर्ष नेताहरुसँग छलफल गर्दैछिन्।
देउवाले विश्वासको मत पाएपनि दुई महिना पुग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।
प्रकाशित समय : ०६:४२ बजे