कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७८ भदौ २५ शुक्रवार

काठमाडौं । भदौ २५ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज मनमा उत्साहका साथै बोली बिक्ने योग रहेको छ भने साहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा शुभकार्यको चर्चा चल्ने र यात्राको योग पनि छ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा वित्तिय संस्थाबाट सहयोग पाइनुका साथै शुभ समाचार सुन्नामा आउला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज रोकिएको धन हात पर्नुका साथै मिष्ठान्न भोजन प्राप्ति हुने तथा मनोरञ्जनमा सहभागी भइने तथा साँझमा पैसा खर्च हुने योग छ र अतिथिको सेवा होला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेका छ भने चिताएको कामले तीव्रता लिनुका साथै आकस्मिक धन लाभ हुने तथा धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै पठनपाठनमा प्रगति हुने तथा आफन्तको सहयोग प्राप्त हुने र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धर्म कर्म, आराधना र उपासना गर्न पाइने योग रहेको छ भने प्रेम सम्बन्धमा मधुरता छाउने तथा रोकिएको धन हात पर्ने तथा स्वादिष्ट भोजन पनि
पाईनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज श्रमको उचित मूल्याङ्कन हुने योग रहेको छ भने साथी भाइको भेटघाटले मन प्रफुल्ल रहने तथा आर्थिक लाभ रहने अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज कार्यमा अवरोध आउने योग रहेको छ भने यात्रामा मालसामान हराउने तथा घरायसी झमेलामा परिने छ भने दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज वित्तिय संस्था बाट सहयोग पाइने योग रहेको छ भने विशिष्ट व्यक्तिको सहयोग मिल्ने तथा विश्वास गरेकाले साथ दिनुका साथै शुभकार्यको चर्चा चल्नेछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शुभ कार्यमा सरिक भइने योग रहेको छ भने नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने तथा श्रमको उचित मूल्याङ्कन हुने र अचल सम्पत्ति हात पर्ने योग छ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धर्मकर्ममा रुचि बढ्ने योग रहेको छ भने गरेका कामबाट राम्रै लाभ हुने तथा अधुरो र नयाँ कार्यको थालनी हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महत्त्वपूर्ण अवसर गुम्न सक्ने योग रहेको छ भने आफूलाई कमजोर भएको अनुभूति हुने तथा अनावश्यक धन खर्च हुने र गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।
प्रकाशित समय : ०१:२८ बजे