back

एमससीसी तत्काल पारित गर्ने अवस्था नरहेको सत्तारूढ पाँचदलीय गठबन्धन बैठकको निष्कर्ष

काठमाडौं । भदौ २४ गते
एमससीसी तत्काल पारित गर्ने अवस्था नरहेको सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले निष्कर्ष निकालेको छ । उक्त बैठकले एमसीसी परियोजना सरकारले अगाडि बढाउन लागेको चर्चा भइरहेका बेला बसेको सत्ता गठबन्धनको अहिलेकै परिस्थितिमा एमसीसी पास नगर्ने निष्कर्ष निकालेको हो ।

एमसीसीका बारेमा अहिले पनि कतिपय बुँदाहरु अस्पष्ट रहेको बताउँदै सत्ता गठबन्धनले नेपालको हितअनुसार मात्र परियोजना अगाडि बढाउन सकिने बताएको छ ।बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेको अवस्थामा कसरी समझदारी कायम गरेर अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट पनि छिटो मन्त्रिपरिषद् विस्तार गर्न दबाब आउन थालेको भन्दै यसलाई छिटो टुंगोमा पुर्‍याउन सत्ता साझेदार दलका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले अहिलेको समसामयिक विषयमा गठबन्धनमा छलफल भएको बताउनुभयो । बैठकमा एमालेले संसद् अवरुद्ध पारेपछिको अगाडि बढ्ने विषय छलफल भएको बताउँदै उहाँले संसद्लाई प्रभावकारी बनाएर लैजाने विषयमा प्रतिपक्ष दलसँग समन्वय गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

 


अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक स्थिरता आवश्यक छ –पृथ्वीमान गुरुङ

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:०८

काठमाडौं, चैत ७ गते । मुलुकको अर्थतन्त्र सुधार गर्न राजनीतिक...

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान

वि.सं.२०७९ चैत ७ मंगलवार ०२:५६

काठमाडौं, चैत ७ गते । जनता समाजवादी पार्टी (जसपा) को...

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

आज मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

वि.सं.२०७९ चैत ७ मंगलवार ०२:४९

काठमाडौं, चैत ७ गते । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी...