back

आज ऋषिपञ्चमी,महिलाहरू व्रत बसि सप्तऋषिको पूजा आराधना गर्दै

काठमान्डौ । हरितालिका तीज को भालि पल्ट अर्थात आज ऋषिपञ्चमी महिलाहरुले सप्तऋषिको पुजा गर्नेगर्दैछन् ।

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

आज मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

 


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

 बढ्यो सुनको मूल्य,कति पुग्यो तोलाको ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:४८

  काठमाडौं, १५ मंसिर  । नेपाल सुनचाँदी व्यवसाय महासघंले बिहीबार सुनको मूल्य ...

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

मेलिना र छविको ‘तिम्रो आँखामै हराए छु’मा लोमश र आलिसा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:०१

काठमाडौं, १५ कात्तिक । गायक छवि न्यौपाने र गायिका मेलिना...