एमसीसी सम्झौता अहिलेकै अवस्थामा अनुमोदन गर्नु राष्ट्रघात हुने एमालेका उपाध्यक्ष रावलको भनाई

वि.सं.२०७८ भदौ २७ आइतवार

काठमाडौं । भदौ २७ गते
एमसीसी सम्झौता अहिलेकै अवस्थामा अनुमोदन गर्नु राष्ट्रघात हुने नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलको भनाई छ ।
शनिबार राति सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनु भएको हो । उपाध्यक्ष रावलले शक्तिको हस्तक्षेपमा रहेका देश, सरकार र नेताले बाहेक अरूले राष्ट्रिय हितका कुरा गर्ने जिकिर गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ,बाह्य शक्तिको स्वार्थका पृष्ठपोषकहरू राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको कुरा सुन्नासाथ उत्तेजित हुन्छन्, उपनिवेश वा बाह्य शक्तिको हस्तक्षेपमा रहेका देश, सरकार र नेताले मात्र राष्ट्रिय हितका कुरा गर्दैनन्, अरूले गर्छन् । एमसीसी सम्झौता यथावत् अनुमोदन गर्नु राष्ट्रघात हुन्छ ।”
प्रकाशित समय : ००:४७ बजे