एमसीसी पास भए मुलुक रणभूमि बन्ने खतरा रहेको नेकपा (माले)का महासचिव सीपी मैनालीको तर्क

वि.सं.२०७८ भदौ २७ आइतवार

काठमाडौं । भदौ २७ गते
एमसीसी सम्झौता कुनै हालतमा संसद्बाट पास हुन नहुने नेकपा (माले)का महासचिव सीपी मैनालीले बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
मैनालीले एमसीसी संसद्बाट पास भए नेपालको संविधान र कानुनभन्दा माथि हुने उल्लेख गर्नु भएको छ । एमसीसीमा केही घातक बुँदाहरू रहेको पनि उहाँको भनाई छ ।
उहाँले एमसीसी सम्झौतालाई राष्ट्रघात भन्दै एमसीसी पास भए यो मुलुक रणभूमि बन्ने खतरा रहेको जिकिर गर्नु भएको छ । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको उहाँको भनाइ छ ।
प्रकाशित समय : ०१:१५ बजे