बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाटो बिराएकाले अब नयाँ मुख्यमन्त्री बन्ने वेदुराम भुसालको भनाई

वि.सं.२०७८ भदौ २७ आइतवार

काठमाडौं । भदौ २७ गते
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाटो बिराएकाले अब नयाँ मुख्यमन्त्री बन्ने नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसालले बताएका छन् । एकीकृत समाजवादीको संसदीय दलको नेता चुनेपछि दुईतीन दिनभित्रै शाक्यलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुख र प्रदेश सभालाई बुझाउने उनको दाबी छ ।अब हुने मुख्यमन्त्री आफ्नो दलका तर्फबाट राजेन्द्र पाण्डे हुने पनि बताए ।
उनले अहिले गठबन्धनको सरकार बन्ने र त्यसमा हाम्रो स्वतः दाबी रहेकाले अब बाग्मती र प्रदेश १ मा हाम्रो मुख्य मन्त्री हुने बताएका छन् । सदूर पश्चिम र कर्णालीमा माओवादी केन्द्रको रहेको र जसपा प्रदेश २ मा र कांग्रेसको गण्डकी र लुम्बिनीमा सरकार बन्ने बताएका छन् ।
आफ्नो दलका कारण मन्त्रिपरिषद् विस्तार नभएको भन्ने साँचो नभएको उनको दाबी छ । उनले राष्ट्रिय सभाका सदस्यलाई मन्त्री नबनाउने निर्णय नभएको पनि बताए ।एमालेले आफ्नो सरकार ढलेको आक्रोश र विक्षिप्तपन संसद्मा देखाइरहेको आरोप पनि उनले लगाए ।
प्रकाशित समय : ०६:०६ बजे