back

धनकुटाको उत्तरपानीमा सिँगै गाउँ एमालेमा प्रवेश

काठमाडौं । भदौ २८ गते
मिति २०७८–०५–२७ गते पाख्रीबास नगरपालिकाको वडा नं. ९ उत्तरपानीमा नेकपा एमालेको बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ ।उक्त भेला जिल्ला कमिटीले आयोजना गरेको हो ।यस भेलाका सभापती प्रदेश नं.१ मा माननीय निरन राई हुनुहुन्थ्यो भने प्रमुख अतिथी पुर्व प्रतिनिधि सभा सांसद गोपाल गुरागाँइ हुनुहुन्थ्यो त्यसै गरि विशेष अतिथी संघिय माननीय राजेन्द्र राई हुनुहुन्थ्यो ।

अतिथी वक्ताहरुले आजको दिन धनकुटेली एमालेहरुमा पानामा स्वर्णिम अक्षरले लेखिने बताउनु भयो ।पाख्रीबास नगरपालिक वडा ९ लगाएतका केही वडा बाट १७२ भन्दा धेरै नेता कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गर्नु भनेको अरु केही नभएर एमालेले विगत ४ वर्षमा गरेको समुन्नत कार्यको प्रतिफल रहेको सबै वक्ताहरुको साझा धारणा रह्यो । पार्टी प्रवेश गर्ने मुख्य नेतामा नेपाली काङ्ग्रेसका जिल्ला पार्टी सदस्य लोकेन्द्र घिसिङ लगाएत अन्य नेताहरु रहेका छन ।

भाषणका क्रममा वक्ताहरुले नेपाली काङ्ग्रेसले स्वास्थ्य सामाग्रीमा गरेको अनियमितता,अपारदर्शीता र पाख्रीबासमा बन्न लागेका हस्पिटल र सडकको बजेट कटौतीको विषयलाई जनता सम्म पुर्याइ यस घटना विरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो । विशेष अतिथी संघिय सांसद माननीय राजेन्द्र राइले नेपाली काङ्ग्रेसका महामन्त्री सुनिल बहादुर थापा सच्चिएर अगाडि नबढे र स्वास्थ्य सामाग्रीमा राजनितीकरण बन्द नगरे जेल हाल्ने समेत चेतावनी दिनुभयो ।

नेपाली काङ्ग्रेसले जनतामा भ्रमको खेती गरिरहेको र आफ्नै पार्टी फुटाउने सड्यन्त्रमा माधव कुमार  नेपाल लागेको बृहत कार्यकर्ता भेलाका प्रमुख अतिथि गोपाल गुरागाँइले आरोप लगाउनुभयो । पाख्रीबासको उत्तरपानीमा संचालन भएको जस्तो पार्टी प्रवेश कार्यक्रम अब प्रत्यक वडामा संचालन गर्ने र पार्टिलाई मजबुत बनाएर अघि बढ्दै गठबन्धनको विरुद्ध लाग्ने कार्यक्रमका सभापती प्रदेश नं. १ का सांसद निरन राइले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली,जिल्ला समन्वय समितीका अध्यक्ष टंक चौहान,पाख्रीबास नगरपालिका प्रमुख वृश ब। राई,धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, लगाएतका अन्य नेताहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमलाई नेकपा एमाले नगर कमिटी अध्यक्ष शान्तीराम गौतमले संचालन गर्नुभएको थियो ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...