back

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल

काठमाडौं । भदौं २९ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन े योग रहेको छ भने मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला, तर साँझमा शुभ समाचार पाइनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज बौद्धिक काममा सफलता मिल्ने योग रहेको छ भने कला र गलाको प्रभाव बढ्नुका साथै अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ भने आत्मिक सन्तुष्टि मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धर्म कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नुका साथै मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज न्यायिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने दैनिक कार्यमा प्रगति हुने तथा नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनुका साथै उपहार र मान सम्मान पनि पाइन सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कार्य सम्पादनमा सहजता मिल्ने योग रहेको छ भने मित्रबाट विशेष सहयोग मिल्नुका साथै शुभकार्यको चर्चा चल्ने तथा रमाइलो यात्राको योग समेत रहेको छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज स्वादिष्ट भोजन पाइनुका साथै नयाँ कार्यको योजना बन्ने तथा वित्तिय संस्था बाट सहयोग पाइने छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज धार्मिक तथा समाजसेवामा मन लाग्नुका साथै राजनैतिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आस मारेको काम बन्नुका साथै अरुको मन जित्न सकिने तथा दाम्पत्य जीवन सुखमय हुने योग रहेको छ भने चल सम्पत्ति हात पर्ने योग छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्ने योग रहेको छ भने आर्थिक कारोबारमा मन्दी आउनसका साथै प्रेममा मनमुटावका साथै मानसिक चिन्ता बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्नुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा बहुमूल्य वस्तु हात पर्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज प्रतिष्ठित काम गरेर अवसर हात पर्नुका साथै चलाखीपूर्ण बोलीले काम बन्ने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा पढाइ लेखाइमा प्रगति हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज परिवारजनको साथले नयाँ आशा जगाउने योग रहेको छ भने राजनीतिक कार्यमा सफलता मिल्नुका साथै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा शुभ समाचार सुन्न पाइएला ।


तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१६

काठमाडौं, १३ मंसिर ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित...