एमसीसी पारित गर्न खोज्नेहरुलाई जीवनको ख्याल राख्न नेत्रविक्रम चन्द ‘विप्लवको चेतावनी

वि.सं.२०७८ भदौ २९ मंगलवार

काठमाडौं । भदौं २९ गते
नेत्रविक्रम चन्द ‘विप्लव’ अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध कडा रुपमा प्रस्तुत हुनु भएको छ । उहाँले एमसीसी पारित गर्न खोज्नेहरुलाई जीवनको ख्याल राख्न चेतावनी दिनु भएको छ ।
निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव अमेरिका विरोधी पहिचान बनाउँदै आउनु भएको छ ।
विप्लवले एमसीसीलाई राष्ट्रघाती भन्दै कुनै हालतमा पास हुन नदिने बताउनु भएको छ । सोमबार खुलामञ्चमा एमसीसी पास नगर्न आफूहरुले विगतमा पनि चेतावनी दिदै आएको र यसलाई बढाउन खोज्नेहरुलाई भौतिक कारबाहीको चेतावनी दिनु भएको हो ।
प्रकाशित समय : ०४:०० बजे