दुई महिनापछि आज गण्डकी प्रदेश सभा बैठक बस्दै

वि.सं.२०७८ भदौ २९ मंगलवार

काठमाडौं । भदौं २९ गते
आज दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मकालागि स्थगीत भएको बैठक दुई महिनापछि आज बस्न लागेको हो ।
आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक प्रस्तुत हुने संसद सचिवालयले जानकारी गराएको छ ।बजेटप्रति असहमतिका कारण प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।
प्रकाशित समय : ०७:१९ बजे