कस्तो रहने छ आजको तपाईको दिन ?

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौ ३० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने लाभदायक र खुसीपूर्ण यात्रा हुने तथा अतिथिका रूपमा सम्मान पाइनुका साथै चिताएको कामले तीव्रता पनि लिनेछ ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने योग रहेको छ भने व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुने तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्ने योग रहेको छ भने घरमा अतिथिको आगमन हुनुका साथै पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मनमा उत्साहका साथै बोली बिक्ने योग रहेको छ शुभकार्यको चर्चा चल्नुका साथै नयाँ जिम्मेवारी पाइने तथा साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने तथा समस्या सुल्झाउन सकिने र शुभकार्यको चर्चा पनि चल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज उपहार प्राप्त हुने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग रहेको छ भने नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने तथा पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुने योग रहेको छ भने राजनैतिक कार्यमा सफलता मिल्ने तथा आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज व्यक्तिगत कार्यमा सफलता मिल्ने योग रहेको छ भने पुँजी बजारमा आकर्षण बढ्ने तथा चिन्ता हटेर मन हलुका हुने र मनोरञ्जनमा सहभागी पनि भइएला ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनुका साथै यात्रामा मालसामान पनि हराउने योग रहेको छ भने अन्तिम समयमा काम बन्नेछ
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्ने योग रहेको छ भने आफन्त एवं इष्टमित्रसँग भेटघाट हुनुका साथै शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा भोजमा सहभागी पनि भइएला ।
प्रकाशित समय : ००:४४ बजे