आज नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली आज बुटवल जादै

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौ ३० गते
आज नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जादै हुनुहुन्छ । उहाँले रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुने छ । केही दिनयता देशदौडाहमा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु भएको थियो ।
बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यसुची रहेको छ । भेला सम्पन्न गर्न जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पूरा गरिएको छ ।
प्रकाशित समय : ०२:१९ बजे