पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि गृह मन्त्रालयको सिफारिस

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौं ३० गते
करिब पाँच सय ३४ जना कैदीबन्दीको कैद मिनाहका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ। कैद मिनाहका लागि मन्त्रिपरिषदमा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।
साथै सात जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिससमेत गरिएको गृह स्रोतले जनाएको छ।मंगलबार ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएकाहरूको कैद मिनाहका लागि गृहले सिफारिस गरेको हो।
प्रकाशित समय : ०३:३४ बजे