एनआरएनएले सरकारलाईलाई पठायो जवाफी पत्र

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौं ३० गते
सरकारलाई गैरआवासीय नेपाली संघको (एनआरएनए) ले जवाफी पत्र पठाएको छ । संघको १०औ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर २३–२५ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारीमा संघ जुटी सकेको अवस्थामा एक्कासी परराष्ट्र मन्त्रालयबाट निर्वाचन रोक्न भन्दै प्राप्त भएको पत्रले आश्चर्यमा परेको उल्लेख गरिएको छ ।
मंगलबार संघका प्रवक्ता डिवी क्षत्रीले बिज्ञप्ती प्रकाशित गर्दै निर्वाचन सम्पन्न गर्न यसपुर्व एक स्वतन्त्र समिति गठन गरिएको छ र समितिले निर्वाचनको आन्तरिक तयारी भइरहेका बेला समयभित्र आएको दाबी विरोध माथि छानबिन गरी निर्णय लिन एक स्वतन्त्र समितिको गठन गर्ने तयारी भएको उल्लेख गरेका छन् ।
आगामी अक्टुवर २३, २४ र २५ मा हुने अधिवेशनका लागि प्रतिनिधि छनोटमा विवाद भएको र कानुनी दायराभन्दा बाहिर गएकाले अधिवेशन केही पछि धकेल्न परराष्ट्र मन्त्रालयले लिखित निर्देशन दिएपछि संघले जवाफी पत्र पठाएको हो ।
प्रकाशित समय : ०४:०७ बजे