माओवादी केन्द्र र एसका अध्यक्षलाई वाम एकता नपचेको टोपबहादुर रायमाझीको आरोप

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौं ३० गते
आज अर्घाखाँचीको सन्धिखर्कमा एउटै मञ्चबाट बोल्दै माओवादीबाट एमाले नेता बनेका टोपबहादुर रायमाझी र महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गर्नु भएको छ ।
सन्धिखर्कस्थित जिल्ला समन्वय समितिको सभाहलमा हिजो आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै दुबै नेतालाई वाम एकता नपचेको आरोप लगाउनु भएको छ । बस्नेतले एकीकृत कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न बनाएर कलंकको टीका लगाएको र के जातिलाई घ्यू नपचे झैँ प्रचण्डलाई नेकपा नपचेको आरोप लगाउनु भएको छ ।
केपी उहाँले ओली जत्तिको राष्ट्र हितमा काम गर्ने नेता नेपालमा अरू कोही नभएको उल्लेख गर्दै बस्नेतले नेकपा एमालेलाई कमजोर बनाउन खोज्नु हात्तीलाई भुसुनाले टोके बराबर हुने बताउनु भएको छ।
प्रकाशित समय : ०४:५७ बजे