back

अनुहारलाई चम्कीलो बनाउने घरेलु उपायहरु यसप्रकार छन्

काठमाडौं । भदौ ३० गते
राम्रो बन्न जो कोहिलाई पनि मन पर्छ । विशेषत छोरी मान्छे्हरु राम्री बन्न मन पराउछन् ।उमेर नपुग्दै अनुहारको छाला चाउरिन पुग्छ । जतिसुकै मिहिनेत गरे पनि कतिपयको अनुहार भनेजस्तो चम्किलो हुँदैन ।अनुहारको छाला चम्किलो र मुलायम बनाउन ब्युटिपार्लर धाउनेहरूको पनि कमी छैन । तर, केही महत्वपूर्ण कुराको ख्याल गर्ने हो भने अनुहारको छाला सधैँ चम्किलो हुन्छ, चाउरी पनि पर्दैन ।

मुसुरोको दाललाई मोटो धुलो सुक्खा पाउडरजस्तो बनाई डब्बामा राख्ने । यही मुसुरोको दालको पाउडरले अनुहार धोए छाला गोरो एवं सफा देखिन्छ । दालको पेस्टलाई कम्तीमा १० देखि १५ मिनेटसम्म राखेर धुनुपर्छ ।

चिल्लो छाला हुनेहरूले काँक्राको रस पूरै अनुहारमा लगाई १० मिनेटसम्म राख्ने र चिसो पानीले अनुहार सफा गर्ने । यसो गरेमा छालामा अनावश्यक चिल्लो आएर हैरान भएकाहरूका लागि एस्ट्रिजेन्टको काम गर्नुका साथै छाला कसिलो हुन्छ ।

 

अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने गोलभेँडालाई लेदो बनाई पूरै अनुहारमा लगाउने, २० मिनेटपछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फाइदा हुनुका साथै दाग हटेर छाला सफा एवं सुन्दर देखिन्छ ।

महलाई प्राकृतिक मोस्चराइजर मानिन्छ । छाला सुक्खा छ भने सधैँ राति दूधको तरमा मह मिसाई अनुहारमा लगाएर २० मिनेटपछि सफा गर्दा फाइदा पुग्छ । महले छाला मुलायम एवं चम्किलो बनाउँछ ।

अनुहारको छालाको सौन्दर्य वृद्धिमा कागतीको भूमिका हुन्छ । कागतीको रस दिनहुँ चिल्लो छालामा लगाइयो भने छाला सफा, गोरो एवं बेदाग हुन्छ । छाला सुक्खा छ भने कागतीको रसमा थोरै तर मिसाई अनुहारमा लगाउनुपर्छ । यसो गर्दा छालाको फोहोर निस्कनुका साथै छाला नरम एवं मुलायम हुन्छ । कागतीमा प्राकृतिक ब्लिच भएका कारण यसको प्रयोग दिनहुँ गरे छाला गोरो एवं सफा देखिन्छ ।

दही छाला र केस दुवैका लागि अत्यन्त लाभकारी छ । सुक्खा, सामान्य र तैलीय छालाका लागि दही गुणकारी मानिन्छ । दुई चम्चा दहीमा थोरै मात्रामा बेसन मिसाएर अनुहारमा लगाई २० मिनेटपछि सफा गरे सुक्खा र सामान्य छाला सधैँ चम्किलो देखिन्छ । छाला चिल्लो छ भने दुई चम्चा दही लिने र त्यसमा एक चुट्की बेसार र एक चम्चा गहुँको चोकर मिसाई लेदो बनाएर पूरा अनुहारमा लगाउने र सुकेपछि चिसो पानीले अनुहार धुने, छाला गोरो, बेदाग र चम्किलो देखिन्छ । त्यस्तै गरी राति सुत्नुअघि दूध र दहीले मुख धुने हो भने छाला राम्रो हुन्छ ।

 

 


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...