नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको हो –पुर्वप्रधानमन्त्री ओली

वि.सं.२०७८ भदौ ३० बुधवार

काठमाडौं । भदौं ३० गते
नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भनाई छ ।उहाँले माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाउनुभएको छ ।
आज नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज सेवा केन्द्र बनाएर एमाले अघि बढ्ने बताउनुभयो । देशभर समाज सेवा केन्द्र बनाएर नागरिकको सेवामा एमाले जाने अध्यक्ष ओलीले बताउनुभयो।
त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड–१९ विरुद्धको खोप वितरण गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको छ ।
अध्यक्ष ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोख्नु भएको छ ।
प्रकाशित समय : ११:५३ बजे