युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिड र लिभरपुल विजयी

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
बुधबार राति भएको खेलमा युरोपेली च्याम्पियन्स लिगमा दुई पूर्वविजेता रियल म्याड्रिड र लिभरपुल विजयी भएका छन् ।
रियलले रोडरिगोले ८९औं मिनेटमा गरेको गोलमा अर्को पूर्वविजेता इन्टर मिलानलाई १–० गोल अन्तरले हराएको थियो ।
लिभरपुलले भने उत्कृष्ट पुनरागमन रच्दै एसी मिलानलाई ३–२ ले पराजित ग।ेको थियो । एन्टे रेबिच र ब्राहिम डियाजको गोलले पहिलो हाफमा मिलानले २–१ को अग्रता लिएको थियो । लिभरपुलको पहिलो गोल आत्मघाती रहेको छ ।
प्रकाशित समय : ०१:२६ बजे