ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन गृह मन्त्री खाणको आग्रह

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन गृह मन्त्री बालकृष्ण खाणले आग्रह गर्नु भएको छ ।
गृह मन्त्री खाणले बुधबार नेपाल एल पि ग्यास उद्योग संघको २६ औँ वार्षिक साधार सभा तथा १० औँ अधिवेशन उद्घाटन कार्यक्रम बोल्दै यस्तो बताउनु भएको हो ।
नेपालमा सबै भन्दा धेरै आयात पेट्रोल र ग्याँसको हुने हँदा आयातलाई घटाउन उर्जा क्षेत्रमा ग्याँस पेट्रोलको विकल्पमा बिजुलीको प्रयोग गर्न सकिने गृह मन्त्री खाणको भनाई छ ।
उहाँले नेपाल आयल निगमलाई देशमा शान्ति र सुरक्षा हुने गरि काम गर्न निर्देशन समेत दिनु भएको छ । गृह मन्त्री खाणलेनेपाल एल पी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको विकल्पमा जलस्रोत लगानी गरि उर्जा प्रयोग गर्न सकिने तर तत्काल ग्याँसलाई रिप्लेस गरि उर्जामा जान सम्भव नभएको बताउनु भएको छ ।
प्रकाशित समय : ०३:१७ बजे