परिवर्तनको संवाहक भन्नेहरुले नै पटक पटक संघीय गणतन्त्रको चीरहरण गरेको राप्रपाका अध्यक्ष थापाको आरोप

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
परिवर्तनको संवाहक भन्नेहरुले नै पटक पटक संघीय गणतन्त्रको चीरहरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्ञी कमल थापाको भनाई छ ।
उहाँले मुलुकमा अहिले प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा सरकार चलिरहेको र सरकारले बजेट पास गर्न नसक्दा मुलुक बजेट विहिन अवस्थामा पुगेको बताउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष थापाले गभर्मेन्ट सटडाउनको अवस्थामा पुगको बताउनु भएको हो ।
उहाँले समयमा बजेट पारित नभएकाले नेपालको ईतिहासमा पहिलोपटक देश बजेटविहिन (गभर्मेन्ट सटडाउन) को अवस्थामा पुगेको जिकिर गर्नु भएको छ ।
मुलुक यस्तो अवस्थामा पुग्नुले वर्तमान अपवित्र गठबन्धन सरकार र व्यवस्थाको असफलतालाई पुनः पुष्टि गरेको उहाँको तर्क छ । उहाँले पुनर्विचार गर्न ढिलो नगरौं भन्दै परिवर्तनको संवाहक भन्नेहरूले नै पटकपटक संघिय गणतन्त्रको चिरहरण गरेको दावी गर्नु भएको छ ।
प्रकाशित समय : ०३:४१ बजे