सरकारले खरिद गरेको खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जादै

वि.सं.२०७८ भदौ ३१ बिहीवार

आज सरकारले चीनबाट खरिद खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जादै
काठमाडौं । भदौ ३१ गते
आज सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ।
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ ५स्४५ बजे बेइजिङ तर्फ जाने छ। आज बेइजिङका लागि जाने विमानले भोली शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ। शुक्रबार (भोली ) खोप नेपाल आइपुग्ने छ।
प्रकाशित समय : ०४:४९ बजे