यूएनको मुख्यालय नजिक हुने शान्तिपूर्ण प्रदर्शनमा डा.केसी सहभागी हुने

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
आज अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघ (यूएन)को मुख्यालय नजिक हुने शान्तिपूर्ण प्रदर्शनमा प्राध्यापक डाक्टर गोविन्द केसी सहभागी हुन अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ ।
विश्व शान्ति दिवसका अवसरमा हुने प्रदर्शनका लागि डाक्टर केसी अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो ।
विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिदैं शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उदेश्यले केसीको अगुवामामा सेप्टेम्बर २० र २१ तारिक दिनको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मूख्यालय नजिक शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम यसअघि नै तय भएको सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सले जनाएको छ ।
प्रकाशित समय : ०५:१५ बजे