back

कक्षा १२ को उत्तरपुस्तिका टिकटकमा भाईरल

काठमाडौं । कक्षा १२ को उत्तरपुस्तिकाको सामाजिक सञ्जाल फेसबुक र टिकटकमा एउटा भिडियो अहिले भाइरल भएको छ ।

कक्षा १२ को परीक्षासँग सम्बन्धित ३,४ वटा भिडियो सामाजिक सञ्जालहरुमा अहिले धेरै देखिएका छन् । जसमध्ये एउटामा राष्ट्रिय परीक्षा बोर्ड लेखिएको उत्तरपुस्तिका पल्टाइरहेको देखिन्छ । विद्यार्थीहरुले मोबाइल राख्न नपाउने र उत्तरपुस्तिका परीक्षा हलबाहिर लैजान नपाउने व्यवस्था हुँदा पनि भिडियो कसरी बन्यो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन गर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । अब कहाँ र कसले यो भिडियो खिच्यो त्यो हामी छानबिन गर्छौं, उनले भने ।

बोर्डले यस वर्ष प्रश्नपत्र इमेल मार्फत विद्यालयहरुमा पठाइरहेको छ । बोर्डका अनुसार इन्टरनेट नपुगेका ११३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण दुई पटक स्थगित कक्षा १२ को परीक्षा बुधबारदेखि शुरु भएको हो । चार हजार ३१५ परीक्षा केन्द्रमा पौने चार लाख परीक्षार्थी सहभागी रहेको बोर्डले जनाएको छ ।


आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:५७

काठमाडौं, चैत ७ गते । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन...

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१९

काठमाडौं, चैत ७ गते । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आइतबार...

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

आज प्रधानमन्त्री दाहाल गोरखा जादै

वि.सं.२०७९ चैत ७ मंगलवार ०४:१०

काठमाडौं, चैत ७ गते । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

अदालतमै हत्याको योजना बनेको पाकिस्तानका पूर्वप्रधानमन्त्री खान आरोप

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:५५

काठमाडौं, चैत ७ गते । आफूलाई अदालतमै हत्याको योजना बनेको...

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्न आयोगको आग्रह

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:३८

काठमाडौं, चैत ७ गते । वैशाख १० गते हुने प्रतिनिधिसभा...

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

कैलालीमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

वि.सं.२०७९ चैत ७ मंगलवार ०३:२१

काठमाडौं, चैत ७ गते ।कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा...