दाहाल र भट्टराईबीच भेटवार्ता सुरु

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ताधारी दलको भागबण्डा र सरकार सञ्चालनबारे विषयमा छलफल गरिने जनाइएको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको भवन नम्बर २ मा दाहाल र भट्टराईबीच भेटवार्ता सुरु भएको हो ।
प्रकाशित समय : ११:०४ बजे