प्रचण्ड र नेपाललाई पूर्वगृहमन्त्री बादलले दिए दक्षिणपन्थीको संज्ञा

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
पार्टीबाट दक्षिणपन्थी धारा टुक्रिएर गएको एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को भनाई छ । आज एमाले जिल्ला कमिटी काठमाडौंद्वारा आआयोजित विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै २०७५ असार ३ गते पार्टी एकीकरण भएर नेकपा बनेपछि समाजवादको आन्दोलनलाई अगाडि बढाउने कि पार्टीलाई यथास्थितिमै राख्ने भन्ने दुई लाइन संघर्ष पार्टीमा चलेको उल्लेख गर्नु भएको छ ।
पुर्वगृहमन्त्री थापाले एपकीकरणपछि तीन वर्षसम्म पार्टीमा पुँजीवादलाई हाबी गराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ र एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले भूमिका खेलेको आरोप लगाउनु भएको छ ।
उहाँले प्रचण्ड र नेपाललाई दक्षिणपन्थीको संज्ञा दिनु भएको छ । उहाँले सबै नेताकार्यकर्ता एकताबद्ध भएर एमालेलाइ राजकीय सत्तामा स्थापित गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। वर्ग संघर्षको माध्यमबाट एमाले फेरि सत्तामा आउने दाबी उनले गरे।पार्टीमा हाबी भएको पुँजीवादी धाराले सर्वोच्च अदालतको परमादेशको सहारामा एमाले नेतृत्वको सरकारलाई अपदस्त गरेको उहाँको भनाइ छ।
प्रकाशित समय : ११:१३ बजे