माओवादी केन्द्र बाँकी नरहेको एमालेका अध्यक्ष ओलीको दाबि

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
माओवादी केन्द्र बाँकी नरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबि गर्नु भएको छ । आज एमालेको काठमाडौँ जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब माओवादी केन्द्र एमालेमै रहेको र प्रचण्डको गुट मात्र बाँकी रहेको उल्लेख गर्नु भएको छ ।
उहाँले रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरु माओवादी केन्द्र लिएर एमालेमै बसेको बताउदै प्रचण्डले सानो गुट चलाएको जिकिर गर्नु भएको छ । माधव नेपाललाई अब पार्टीमा स्वागत नगर्ने भन्दै अब पार्टी फुटाउन उहाँलाई एमालेमा आउन अध्यक्ष ओलीले आग्रह नगर्ने बताउनु भएको छ ।
त्यस्तै अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ–आफ्नो गुट लिएर बसेको बताउनु भएको छ । उहाँले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाउनु भएको छ । कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको ओलीको भनाइ छ ।
प्रकाशित समय : ११:३५ बजे