आज ११ जना कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ भदौ ३१ बिहीवार

काठमाडौं । भदौ ३१ गते
आज देशभर थप थप १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप एक हजार ५११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभर ११ हजार २०८ जनामा कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको छ। थप एक हजार ६८९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित समय : ११:४९ बजे