कस्तो रहला तपाईको दिन ? हेर्नु आजको राशिफल

वि.सं.२०७८ असोज १ शुक्रवार

काठमाडौ । असोज १ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने न्यायिक कार्यमा सफलता मिल्ने तथा शुभ समाचार सुन्न पाइनुका साथै नयाँ कार्यको थालनी होला ।
बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ कार्यको थालनी हुने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा सांगीतिक क्षेत्रमा रुचि बढ्नुका साथै वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने योग रहेको छ भने मनमा छटपटी बढ्नाले मन कमजोर रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज स्वादिष्ट भोजन पाइनुका साथै महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज विशिष्ट व्यक्तिको सहयोग पाइनुका साथै धार्मिक क्षेत्रमा रुचि बढ्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुने तथा पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आँटेको र ताकेको कार्य पुरा हुने तथा मनोरञ्जनको क्षेत्रमा रुचि बढ्ने योग रहेको छ भने विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज काममा अपेक्षाकृत सफलता हात पर्ने योग रहेको छ भने रोकिएको धन हात पर्नुका साथै न्यायिक कार्यमा सफलता मिल्ने तथा व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज वैदेशिक क्षेत्रको काम अघि बढ्नुका साथै नयाँ कार्यको थालनी हुने योग रहेको छ भने पढाइ लेखाइमा प्रगति हुने तथा रमाइलो यात्राको योग रहेको छ ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने बोलीको प्रभाव बढ्ने तथा नयाँ र मङ्गल कार्यको योग रहेको छ भने चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज दैनिक कार्यमा प्रगति हुनुका साथै धार्मिक तथा समाजसेवामा मन लाग्ने योग रहेको छ भनेलगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आर्थिक कारोबारमा विवाद आउनुका साथै चोटपटकको भय छ सचेत रहनुपर्ने तथा स्वास्थ्यमा समस्या आउने र पारिवारिक झैझमेला आउला ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने योग रहेको छ भने चुनौतीको सामना गर्नुपर्ने तथा बढी मेहनत गरे बढी फाइदा पनि लिन सकिनेछ ।
प्रकाशित समय : ००:४१ बजे