रायोको साग खानु मानव स्वास्थ्यका लागि के फाईदा हुन्छ ?

वि.सं.२०७८ असोज १ शुक्रवार

काठमाडौ । असोज १ गते
रायोको साग हरेक मौसममा पाइने साग हो । बारीमा रायोको साग सजिलै उब्जाउन सकिन्छ । रायोको सागलाई तरकारीको रुपमा मात्र नभएर औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । राउोको साग मन नजराउँने मानिस सायद कमै होलान् ।
यो साग धेरैलाई मा पर्छ र यो खानुका पनि धेरै फाइदाहरु रहेका छन् ।साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै कुरा हो । बिशेष गरि यो मौसममा रायोको साग जताततै पाईन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त फाइदाजनक हुन्छ । रायोको साग खानुका फाइदाहरुरहेका छन् ।
१.रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, बाथ, आदिबाट बचाउँन मदत गर्दछ ।
२. रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न अनावश्यक वस्तुलाई बाहिर निकाल्ने गर्छ ।
३.रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने हुनाले यो साग गर्भवतीका लागि अत्ति उत्तम मानिन्छ ।
४.जाडोमा बाथका रोगीलाई हड्डी र गोडा दुख्ने समस्या हुने भएकाले रायोको साग सेवन गर्नु पर्छ । किनभने यसमा पाइने कपरले यस्तो समस्याबाट बचाउँदछ ।
५.रायोको सागमा भिटामिन सी पनि पाइने भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई पनि फाईदा पुर्याउदछ ।
६.रायोको सागको नियमित सेवन गर्नाले पिसाबनलीमा हुने पत्थरीलाई र क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।
प्रकाशित समय : ०१:०७ बजे