अफगानिस्तानको राजधानी काबुलमा एकसाथ कैयौँ रकेट प्रहार

वि.सं.२०७८ असोज १ शुक्रवार

काठमाडौ । असोज १ गते
बिहिबार साँझ अफगानिस्तानको राजधानी काबुलमा एकसाथ कैयौँ रकेट प्रहार गरिएको छ । यी रकेट काबुलस्थित एक पावर स्टेसननजिकै हानिएको हो ।
रूसी न्यूज एजेंसीको लाइभ रिपोर्टअनुसार एक पावर प्लान्टलाई निशाना बनाउने कोसिस गरिएको थियो ।तालिबानका केही अधिकारी घटनालगत्तै त्यहाँ पुगेका छन् ।
पूर्व पुलिसअधिकारीहरूलाई पनि घटनास्थलमा बोलाइएको छ । तर, यसबाट कुनै खालको क्षति भने भएन ।स्थानीयवासीका अनुसार चमतलाह इलेक्ट्रिक सब स्टेसनलाई निशाना बनाइएको थियो भने हमलाकारीको निशाना चुकेको थियो । अहिलेसम्म पावर प्लान्टलाई निशाना बनाउनुको कारण खुलेको छैन ।
प्रकाशित समय : ०२:३४ बजे