आफूनिकट नेताहरुसँग कांग्रेसका वरिष्ठ नेता पौडेलले छलफल गर्ने

वि.सं.२०७८ असोज १ शुक्रवार

काठमाडौ । असोज १ गते
आज आफूनिकट नेताहरुसँग छलफल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भएका छन् ।
वरिष्ठ नेता पौडेलले आज दिउँसो आफूनिकट नेताहरुसँग छलफल गर्न लागेका हुन् । पौडेल पक्षबाट उनीसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले सभापतिमा दाबी गरेका छन् ।
छलफलमा आगामी १४औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने, डडेल्धुरामा एकलौटी रुपमा भएको वडा अधिवेशन लगायतका विषयमा हुने बताइएको छ । डडेल्धुरामा संस्थापन पक्षले एकलौटी रुपमा महाधिवेशन गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । यस्तै आगामी महाधिवेशनमा पौडेल पक्षले साझा उम्मेदवार उठाउने बताएपनि आकांक्षीहरु धेरै भएकाले व्यवस्थापनमा समस्या भइरहेको छ ।
प्रकाशित समय : ०४:१० बजे