बर्दियाको ठाकुरबाबामा विद्युतीय पासोमा परि तीन जनाको मृत्यु

वि.सं.२०७८ असोज २ शनिवार

काठमाडौं । असोज २ गते
बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना गाउँमा जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परि एकै परिवारका तीनजनाको मृत्यु भएको छ।छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरुलाई करेन्ट लागेको थियो। विद्युतीय पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ।
प्रकाशित समय : ०२:३० बजे