जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने महेन्द्रबहादुर शाहीको भनाई

वि.सं.२०७८ असोज २ शनिवार

काठमाडौं । असोज २ गते
जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको भनाई छ । संयुक्त राष्ट्रसङ्घ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै उहाँले प्रदेशको विकास यहाँका जनताको आर्थिक समृद्धिसँग जोडिएको बताउनुभयो ।
उहाँले कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम सडक, सिँचाइ, स्वास्थ्य, शिक्षालगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएको बताउनु भएको छ । उहाँले जनताको आर्थिक उत्पादन वृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको र हाँको समग्र विकासका लागि प्रदेश सरकारले दिगो विकास लक्ष्यलाई प्राथमिकता दिएको मुख्यमन्त्री शाहीले जनाउनुभयो ।
प्रकाशित समय : ०३:२५ बजे