back

संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख कार्यक्रमहरुमार्फत प्रदेशलाई समृद्ध बनाउन सकिन्छ – यादवचन्द्र शर्मा

काठमाडौं । असोज ३ गते
संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख कार्यक्रमहरुमार्फत प्रदेशलाई समृद्ध बनाउन सकिने बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले विश्वास व्यक्त गर्नु भएको छ ।

आज बागमती प्रदेश सरकारको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ का अवसरमा हेटौंडा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवाद उन्मुख अर्थतन्त्र, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्दै यस प्रदेशमा रहेका अथाह प्राकृतिक स्रोतसाधन, पूर्वाधार, पर्यटन साँस्कृतिक सम्पदा र विविधता तथा मानव स्रोतको भरपुर उपयोग गरी प्रदेशलाई समृद्ध बनाउन सकिने बताउनु भएको हो ।

‘नेपाली जनताको लामो संघर्ष, त्याग र वलिदान पछि २०७२ सालमा जननिर्वाचित संविधानसभाद्वारा नेपालमा संविधान जारी भएको उहाँले स्मरण गर्नु भएको छ । उहाँले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य भएको दिनका रुपमा संविधान दिवस मनाइएको बताउनु भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति सुशासन विकास समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी संविधान जारी भएको आजनको दिन ऐतिहासिक भएको उल्लेख गर्नु भएको छ । उहाँले संघीयताको भावना र मर्मलाई आत्मसात गर्दै अघि बढेमा संघीयताप्रतिको जनविश्वास थप कायम भइ सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि सहयोग पुग्ने अपेक्षा गरेको गर्नु भएको छ ।


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...