आज प्रतिनिधिसभाको बैठक बस्दै,बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी

वि.सं.२०७८ असोज ४ सोमवार

काठमाडौं । असोज ४ गते
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।
बैठकका लागि संसद सचिवालयले आइतबार नै कार्यसूची सार्वजनिक गरिसकेको छ।आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ ।
तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने सम्भावना कम छ ।सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्।प्रतिनिधिसभाको बैठक यसअघि भदौ २९ मा बैठक बसेको थियो ।
प्रकाशित समय : ०२:०३ बजे