back

मुम्बईमाथि चेन्नईको जित, मुम्बई २० रनले पराजित

काठमाडौं । असोज ४ गते
दोस्रो चरणको पहिलो आईपीएल २०२१ को खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

जवाफमा मुम्बईले ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा मुम्बईको सुरुवात राम्रो हुन सकेन । टोली पहिलो ६ ओभरमा ४१ बनाउँदै ३ विकेट गुमाइसकेको थियो । मुम्बईका लागि सौरभ तिवारीले सर्वाधिक ५० रन बनाए भने क्विन्टन डि ककले १७ तथा अनमोलप्रित सिंहले १६ रनको योगदान दिएका थिए । चेन्नईका लागि ड्वेन ब्राभोले ३ तथा दीपक चहारले २ विकेट लिएका थिए ।

यसअघि, चेन्नईले ब्याटिङ गर्दा राम्रो सुरुवात गर्न सकेको थिएन । उसले मात्र ७ रनको अवस्थामा ३ विकेट गुमाइसकेको थियो । अम्बाती रायडू रन नबनाई रिटायर्ड हर्ट हुँदा माइन अली र फाप डु प्लेसिसले खाता नै खोल्न सकेनन् । ओपनर रुतुराज गाइकवाडले ८८, रवीन्द्र जडेजाले २६ तथा ड्वेन ब्राभोले २३ रन बनाउँदै इनिङ सम्हालेका थिए ।जीतपछि चेन्नई ८ खेलबाट १२ अंकसहित अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई भने ८ अंकसहित चौथो स्थानमा छ ।

 

 


लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

लुम्बिनी प्रदेश सरकारका कर्मचारी आन्दोलित : हतारमा मन्त्रालय दाङ सारिए जाँदैनौँ

वि.सं.२०७९ मंसिर १४ बुधवार ०८:२१

बुटवल। लुम्बिनी प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट केही मन्त्रालयहरु दाङ...

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

इन्द्र चौधरीले ल्याए ‘नयाँ बनपाले’ चित्रकथा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:५९

काठमाडौं । सञ्चारकर्मीसमेत रहेका रंगकर्मी इन्द्र चौधरीको बालकथा ‘नयाँ बनपाले’...

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:४७

  काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले...

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

 बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं–हिमाल शर्मा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०७:३०

काठमाडौं, १४ मंसिर। प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ ।...

अरबाज खान र जर्जियाको ब्रेकअप

अरबाज खान र जर्जियाको ब्रेकअप

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:२९

मुम्बई, १४ मंसिर । बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज...

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी हुनेछ– अमेरिका

वि.सं.२०७९ मंसिर १४ बुधवार ०५:३२

काठमाडौं, १४ मंसिर । चीनको आणविक हतियार सन् २०३५ सम्ममा...