मंगलवार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

वि.सं.२०७८ असोज ४ सोमवार

काठमाडौं । असोज ४ गते
मंगलवार मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सोमबार सांझ सत्तारुढ गठवन्धनका शिर्ष नेताहरुको बैठक बस्दैछ ।
त्यो बैठकमा मन्त्रालय र मन्त्रीको नाम टुंगो लगाउने तयारी भइरहेको प्रधानमन्त्री देउवा निकट स्रोतले दिएको दावी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । सरकार बनेको दुई महिनासम्म मन्त्रिमण्डल बनाउन नसकेको भन्दै सर्वत्र आलोचना भएपछि उनले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन ।
प्रकाशित समय : ०३:०३ बजे