मनलाग्दी ढंगले पदक वितरण गरियो –प्रेम सुवाल

वि.सं.२०७८ असोज ४ सोमवार

काठमाडौं । असोज ४ गते
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मनलाग्दी ढंगले पदक वितरण गरेको भन्दै आरोप लगाउनु भएको छ ।
आज प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथि खर्च कटौती प्रस्ताव राख्दै नेमकिपा सांसद प्रेम सुवालले पदक वितरणमा देखिएको बेथितिले राज्यसत्तामा मानिस फेरिए पनि नयाँ राजा रजौटा जन्मिएको आरोप लगाउनु भएको हो ।
उहाँले सरकारले पैसा दिन नमिलेर पदक दिएको र राज्यसत्तामा मानिस फेरियो नयाँ राजा रजौटा जन्मिएको बताउँदै पदक नभई सत्तामा गएकाले आफ्नो सम्पत्ति दिनुपर्ने बताउनु भएको छ । उहाँले कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई मेलम्ची पदक दिनु उपयुक्त हुने बताउनु भएको छ ।
प्रकाशित समय : ०६:१२ बजे