back

आजदेखि पितृ पक्ष अर्थात् सोह्रश्राद्ध शुरू

काठमाडौं । असोज ५ गते

आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरू हुँदैछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष शुरू हुँदैछ ।सोह्रश्राद्ध आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।


कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ–शेखर कोइराला

वि.सं.२०७९ माघ २३ सोमवार ११:०१

काठमाडौं, माघ २३ गते । काङ्ग्रेस सरकारमा सहभागी नहुने नेपाली...

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

प्रधानमन्त्री दाहाललाई थप दुई मन्त्रालयको कार्यभार

वि.सं.२०७९ माघ २३ सोमवार १०:२१

काठमाडौं, माघ २३ गते ।राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका...

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने छ–मन्त्री शर्मा

वि.सं.२०७९ माघ २३ सोमवार ०९:५४

काठमाडौं, माघ २३ गते ।सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा...

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको छ –स्वास्थ्यमन्त्री गिरी

वि.सं.२०७९ माघ २३ सोमवार ०९:३६

काठमाडौं, माघ २३ गते । सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको...

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकबाट तीन विधेयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार ०९:११

काठमाडौं, माघ २३ गते । राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा...

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

टर्कीमा भूकम्पः प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, नेपाली सुरक्षित रहेको एनआरएनएद्वारा जानकारी

वि.सं.२०७९ माघ २३ सोमवार ०८:००

काठमाडौं, माघ २३ गते । टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ...