नेपालको साथ छोडेका १० नेता प्रचण्डको सारथीको अध्यक्ष ओलीको आरोप

वि.सं.२०७८ असोज ५ मंगलवार
काठमाडौं । असोज ५ गते
माधवकुमार नेपालको साथ छोडेर एमालेमै रहेका १० नेता ‘पुष्पकमल दाहाल प्रचण्ड’ को सारथी रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ ।अध्यक्ष ओलीले एमाले स्थायी कमिटीले सोमबार पारित गरेको राजनीतिक प्रतिवेदनमा नेपालको साथ छोडेर आफूतिर अर्थात एमालेमै बसेका १० नेतालाई गुटबन्दी गरेको आरोप लगाउनु भएको हो ।
उहाँले पार्टी विभाजनमा नेता नेपाललाई साध नदिई एमालेमै रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराईसहितका नेतालाई ‘प्रचण्डको सारथी’ भएको बताउनु भएको छ ।
स्थायी कमिटी बैठकले सोमबार राजनीति, विधान र सांगठनिक प्रतिवेदन पारित गरेको थियो । तर त्यसमा १० नेताको असन्तुष्टि सम्बोधन भएन । एमालेको केन्द्रीय कमिटी बैठक असोज ८ र ९ गते बस्ने छ । एमालेको पहिलो विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुँदैछ ।
प्रकाशित समय : ०५:०५ बजे