निरन्तर परेको बर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वि.सं.२०७८ असोज ६ बुधवार

काठमाडौं । असोज ६ गते
मंगलबार रातिदेखि निरन्तर परेको बर्षाका कारण पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा मंगलबार मध्यराति पहिरो खस्दा सडक दुईतर्फी रूपमा नै अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।सडक अवरुद्ध भएसँगै गन्तव्यमा हिँडेका सवारीसाधन अलपत्र परेका छन् ।
प्रकाशित समय : ०२:१२ बजे