क्रियाशिल विवादले पार्टीलाई नै अव्यवस्थित बनाएको शेखर कोइरालाको टिप्पणी

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौं । असोज ७ गते
क्रियाशिल विवादले पार्टीलाई नै अव्यवस्थित बनाएको कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले टिप्पणी गर्नु भएको छ । आज क्रियाशील सदस्यहरुको चयनप्रति असन्तुष्ट जनाउँदै धर्नामा बसेका नेता(कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले मागप्रति ऐक्यबद्धता जनाउनु भएको ।
सदस्यसम्बन्धि विवाद चाडो टुंगोमा पुर्याउनुपर्ने उहाँको धारणा छ । उहाँले अधिवेशनबाट कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नु भएको छ ।
आफ्नो पक्षले हार्ने भएपछि प्रदेश २ सहित अन्य जिल्लाको क्रियाशील सदस्यता नै नटुंगाइदिएको कोइरालाको आरोप छ । क्रियाशील सदस्यता पारदर्शी हुनुपर्ने माग गर्दै आज पौडेल पक्षका नेता(कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका हुन्।
प्रकाशित समय : ०८:२५ बजे