हल्कादेखि मध्यम वर्षाको सम्भावना –मौसम पूर्वानुमान महाशाखा

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । असोज ८ गते
हाल भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेकाले देशभरको मौसम परिवर्तन भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । यो क्रम रातीसम्मै जारी रहने विभागको विश्लेषण छ ।
प्रकाशित समय : ०१:१५ बजे