आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोनाको खोप पुर्याउन जो बाइडनको आग्रह

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । असोज ८ गते
विश्वका नेताहरुसँग आगामी वर्षको सेप्टेम्बरसम्म ७० प्रतिशत समग्र जनसंख्यालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्याउन अमेरिकी राष्ट्रपति जो बाइडनले आग्रह गरेका छन् ।
यद्यपि शोधकर्ताहरुले भने अझै पनि धनी मुलुकले ठूलो मात्रामा कोरोना खोप थुपारिरहेको र यी खोपको म्याद छिटै नै सकिने अवस्थामा पुगेको बताएका छन् ।यसै वर्ष इरान जाने विमानमा चढेकी बहार आफ्ना बाबुसँग भेट्ने पाउने आशामा निकै उत्साहित थिइन् ।
उनले चार वर्षपछि आफ्ना बाबुलाई भेट्दै थिइन् । उनलाई इरान कसरी कोरोना महामारीको चपेटामा परेको छ भन्ने अनुमानसम्म पनि थिएन । कोरोनाको दोस्रो लहरको क्रममा इरानका साथै उनको परिवार पनि महामारीको चपेटामा परेको थियो ।
प्रकाशित समय : ०२:३१ बजे