वडा कार्यालय आगजनी गर्नेलाई कडा कारबाहीको माग

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल लगाएर आगजनी गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ ।
बुधबारका दिन वडा कार्यालय पुगेका अज्ञात व्यक्तिले कार्यालयकौ टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उहाँको कार्यकक्षमा आगजनी समेत गरेका थिए ।
आगजनी गरेलगत्तै फरार ती व्यक्तिको प्रहरीले तिब्र रुपमा खोजी कार्य गरेको
जनाएको छ ।नगरप्रमुख देवकुमार सुवेदीले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष जनतासँग सम्बन्धित कार्यालयमा आगो लगाउने, जनप्रतिनिधि र कर्मचारीको मनोबल गिराउने हर्कत गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी हदैसम्म सजायको माग गर्नुभएको छ ।
प्रकाशित समय : ०३:३६ बजे