दिल्लीको अदालतमा गोली चल्यो

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । नयाँ दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त घटनामा तिन जनाको मृत्यु भएको छ ।
शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी समेत मारेको समाचारमा जनाइएको छ । आक्रमणकारीले वकिलले लगाउने पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।
प्रकाशित समय : १०:०९ बजे